कास्कीमा पछिल्लो २४ घन्टामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार पछिल्लो २४ घन्टामा प्रदेशभर थप ३२ संक्रमित थपिएका छन् ।
जसअनुसार कास्कीमा २४ जना, स्याङ्जाका ६ जना,तनहुँ र लमजुङका १/१ जना रहेका छन् । यो संगै प्रदेशभर संक्रमित हुनेको संख्या हालसम्म १ लाख २ हजार १ सय ९५ पुगेको छ ।
मंगलबार गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेल सहित ४० जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियो । काेराेनाकाे चौथो लहर सुरू हुन लागेकाे भन्दै सचेत रहन स्वास्थ्य निर्देशनालय गण्डकीले सर्वसाधारणमा अपिल गरेको छ ।
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ