श्रीलंकाका राष्ट्रपति राजपाक्षेद्वारा राजीनामा दिने घोषणा

श्रीलंकाका राष्ट्रपति राजपाक्षेद्वारा राजीनामा दिने घोषणा

Gotabaya_Rajapaksa

काडमाडौं । श्रीलंकाका राष्ट्रपति गोताबाया राजपाक्षेले राजीनामा दिने घोषणा गरेका छन्।

उनले यही जुलाई १३ तारिखमा राजीनामा दिने घोषणा गरेका हुन्। उनले आम नागरिकलाई शान्त रहन समेत अपील गरेका छन्।

प्रधानमन्त्री रनिल विक्रमासिङ्गे यसअघि नै राजीनामा दिन सहमत भएका थिए।

लामो समयदेखि आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा शनिबार जनताले राष्ट्रपति भवन र प्रधानमन्त्री निवास कब्जामा लिएपछि राष्ट्रपति गोताबाया राजपाक्षे र प्रधानमन्त्री रनिल विक्रमासिंघे दुवै जना फरार भएका छन्। प्रदर्शनकारीले प्रधानमन्त्रीनको निवासमा आगो समेत लगाइदिएका छन्।

श्रीलंकाले विदेशी मुद्राको अभावमा इन्धन, खाद्यन्न तथा औषधि आयात गर्न समेत सकेको छैन। साथै इन्धन अभावका कारण सार्वजनिक यातायात बन्द भएका छन् भने विद्यालय पनि बन्द गरिएको छ। दक्षिण एसियाली टापु देशले भोगिरहेको यो सङ्कट विगत ७० वर्षयताकै सबैभन्दा खराब हो।

सन् २००९ देखि सरकारको नेतृत्वमा रहेको राजपाक्षेको परिवारकै कारण श्रीलंकाले संकटको सामाना गर्नुपरेको सर्वसाधाराणको बुझाइ रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds