गणतन्त्र दिवसका अवसरमा अनेरास्ववियुको दीप प्रज्ज्वलन

गणतन्त्र दिवसका अवसरमा अनेरास्ववियुको दीप प्रज्ज्वलन

d

पोखरा । अनेरास्ववियु भूगोल जिल्ला कमिटी कास्कीले ११ औं गणतन्त्र दिवसको अबसरमा सहिद भिमसेन दाहालको शालिकमा दिप प्रज्वलनगरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि युवा संघ नेपालका केन्द्रिय सचिव पुर्ण लामाले कम्युनिस्टहरु एक भएर देशको आर्थिक समृद्धिमा लाग्नु पर्ने र र गणतन्त्र संस्थागत गर्नुपर्ने धारणा राखे ।

कार्यक्रमको अध्यक्षता गर्दै जिल्ला अध्यक्ष शेखर गौतमले आज यो सरकारले अनेरास्ववियुले उठाउदै आएको शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण पाउनुपर्ने मागलाई सम्बोधन गरेकोमा धन्यवाद व्यक्त गरे ।

साथै, पृथ्वीनारायण क्याम्पस कमिटि अध्यक्ष राजन शर्मा पराजुलीले सृजनशिल हातहरुमा व्यवहारिक र बैज्ञानिक शिक्षाको लागि पहल गर्नुपर्ने बताए । कार्यक्रम जिल्ला कोषाध्यक्ष सन्तोष अधिकारीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ