काठमाण्डौ। संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिले बलात्कार मुद्दामा हदम्याद बढाउने निर्णय गरेको छ । शुक्रबार विधेयक पारित गर्दै समितिले बलात्कार मुद्दामा हदम्याद बढाएको हो । समिति सभापति कृष्णभक्त पोखरलेका अनुसार बालिगको हकमा बलात्कार मुद्दामा एक बर्ष र नावालिगको हकमा दुई बर्ष हदम्याद बढाइएको छ ।
समितिले जुटाएको सहमितअनुसार अब कुनै पनि बलात्कारमा परेका नावालिगकले वालिग भएको (१८ वर्ष पूरा भएको) तीन वर्षपछि अर्थात् २१ वर्षको उमेर हुँदासम्म उजुरी गर्नु पाउनेछन् । वालिगको हकमा घटना भएको दुई वर्षभित्र उजुरी गर्नुपर्नेछ भने,अपाङ्गता, जेष्ठ नागरिक र सुस्त मनस्थितिको हकमा तीन महिने हदम्याद बढाएर ३ वर्ष पुर्याएको छ ।
समितिमा केही दिनदेखि यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्न बनेको विधेयकमाथिको छलफल चलिरहेको थियो । छलफलमा सहभागी केही सांसदले हदम्याद हटाउनुपर्ने माग राखेका थिए ।
महिला अधिकारकर्मीहरूले पनि हदम्याद हटाउनु माग गर्दै आएका थिए ।
सम्बन्धित खबर
हिरासतमा रहेका रविमाथि अदालतको चार पक्राउ पुर्जी
आजबाट शुल्क तिरेर धरहरा चढ्न पाइने
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्री ओलीका ९३ वर्षीय बुवालाई फोक्सो सम्बन्धी समस्या
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ