एमालेकाे अवराेधले गण्डकी प्रदेश सभा स्थगित, ‘बजेटमा संवैधानिक त्रुटि छ, सच्चिनुपर्छ’

एमालेकाे अवराेधले गण्डकी प्रदेश सभा स्थगित, ‘बजेटमा संवैधानिक त्रुटि छ, सच्चिनुपर्छ’

Gandaki Province Pradesh (2)

पोखरा । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध गरेपछि गण्डकी प्रदेश सभाको बैठक स्थगित भएको छ । अर्थमन्त्री रामजी बरालले असार १ गते ल्याएको बजेटमाथि किचलाे हुँदा २१ गतेबाट मात्रै छलफल सुरु भएको थियो । शुक्रबारकाे बजेटमाथिकाे छलफल बैठकमा एमाले सांसदहरुले बजेटमा त्रुटि रहेको बताएका हुन् ।

एमालेका सांसद रामशरण बस्नेतले बजेटका स्रोतको १२ प्रतिशत मात्रै ऋण लिन सकिने व्यवस्था विपरीत धेरै ऋण लिने प्रदेश सरकारको बजेट संवैधानिक हिसाबमै त्रुटिपूर्ण रहेको बताए । ‘संविधान विपरीतको बजेटमाथि छलफल गर्न हुँदैन, प्रदेश सरकारले ३५ अर्ब ९० करोड रुपैयाँको बजेट ल्याएको छ । १४ अर्ब ३३ करोड राजस्वको स्रोतको १२ प्रतिशतमात्रै ऋण लिने व्यवस्था गर्नुपर्नेमा  २ अर्ब रुपैयाँ ऋण लिने भनेर स्रोतको व्यवस्था गरिएको छ । याे संविधान विपरित छ ।’ – उनले भने ।

त्रुटि भएसम्मको हदमा बजेटको अंक घटाएर वा योजनाहरु कटौती गरे मात्र संसद चल्न सक्ने नत्र संसद चल्न नसक्ने उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds