काठमाडौं । नेपाल वायुसेवा सञ्चालक संघले हवाई भाडादर फेरी बढाएको छ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै हवाई सञ्चालक संघले नयाँ भाडादर सार्वजनिक गरेको हो।
निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले वृद्धि गर्दै १९० रुपैयाँ कामय गरेको छ।
संघका अनुसार नयाँ भाडादर बिहीबार (भोलि) बाट लागु हुनेछ।
सबैभन्दा धेरै धनगढीको भाडा दुई सय २० रुपैयाँले बढेर अधिकतम १७ हजार २५ रुपेयाँ पुगेको छ। यस्तै नेपालगञ्जको १३ हजार नौ सय ८०, सुर्खेतको १४ हजार नौ सय ९५, भद्रपुरको १२ हजार नौ सय ५५ र विराटनगरको भाडा १० हजार २५ रुपैयाँ पुगेको छ।
सबैभन्दा कम सिमराको भाडा ४५ रुपैयाँले बढेर अधिकतम भाडा चार हजार दुई सय ५० रुपैयाँ पुगेको छ।
सम्बन्धित खबर
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्री ओलीका ९३ वर्षीय बुवालाई फोक्सो सम्बन्धी समस्या
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ