प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । प्रधानमन्त्री देउवाले माओवादी केन्द्र र कांग्रेसबाट बनेका मन्त्रीहरुलाई यथावत राख्दै एकीकृत समाजवादीका मन्त्रीहरु परिवर्तन गरेका हुन् ।
जसअनुसार सस्कृति तथा पर्यटन मन्त्रीमा जीवनराम श्रेष्ठलाई नियुक्त गरेका छन् । त्यसैगरी सहरी विकास मन्त्री रामकुमारी झाक्रीले राजीनामा दिएपछि उक्त मन्त्रालयमा मेटमणी चौधरी नियुक्त भएका छन् ।
साथै, स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको स्थानमा भवानीप्रसाद खापुङ नियुक्त भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा किसान श्रेष्ठले राजीनामा दिएपछि शेरबहादुर कुँवर नियुक्त भएका छन् ।
प्रधानमन्त्री देउवाले स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसीलाई नियुक्त गरेका छन् ।
सम्बन्धित खबर
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते