पोखरा । कास्कीको रुपा गाउँपालिकाले आगामी आर्थिक वर्षलाई स्वरोजगार वर्षका रुपमा मनाउने भएको छ । स्वरोजगार वर्षको रुपमा मनाउन तथा स्थानीय स्तरमा सुलभ र सुरक्षित व्यवसायिक कर्जा उपलब्ध गराई स्वरोजगारतर्फ उन्मुख गराउन गाउँपालिकाले ७० लाख विनियोजन गरेको छ ।
११ औं गाउँसभामा अध्यक्ष नवराज ओझाले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाभित्रका स्वरोजगार गर्न चाहने वर्गलाई लक्ष्य गरी ‘एक घर एक स्वरोजगारमूलक तालिम’ अभियान चलाउने जनाए ।
‘रुपा गाउँपालिकाभित्रका रोजगार गर्न चाहने युवा, महिला, दलित, लक्षित वर्ग तथा स्वरोजगार गर्न चाहनो समूहलाई तालिम केन्द स्थापना गर्ने,’ रुपाको नीति तथा कार्यक्रममा भनिएको छ, ‘उनीहरुकोा ईच्छाअनुसार तालिमको व्यवस्था गरी एक घर एक स्वरोजगारमूलक तालिमको व्यवस्था गरिने छ ।’
२० युनिटसम्म बिजुली खपत गर्नेको बिल गाउँपालिकाले नै तिर्ने
रुपा गाउँपालिकाले २० युनिटसम्मको बिजुली खपत गर्ने पालिकाबासीको महसुल तिरिदिने भएको छ । उपाध्यक्ष लालसुब्बा गुरुङले बिहीबार प्रस्तुत गरेको आव वर्ष २०७९–८० को बजेटमा विद्युत महसुल तिर्न पालिकाले १५ लाख विनियोजन गरिएको छ । गाउँपालिकाभित्रका गुम्बा, मन्दिर, समाजघर, विद्यालय, मस्जिद आदिमा समेत बिजुली निशुल्क गर्ने नीति लिएको छ ।
‘गाउँपालिकाले कमाउँदै पढ्दै कार्यक्रमलाई प्राथमिकता दिएको छ,’ उनले भनिन्, ‘कमाउँदै पढ्दै कार्यक्रमसँगै गाउँपालिकाको शैक्षिक विकासका लागि ६५ लाख रुपैयाँ छुट्याएको छु ।’
[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”98522″ /]
स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन लक्षित समूहलाई प्राथमिकता दिन ५ लाख छुट्याइएको छ । रुपाकोट अस्पताल भवन निर्माण गर्न १ करोड छुट्याइएको छ । रुपाले प्रशासकीय भवन निर्माणका लागि २ करोड रुपैयाँ बजेट राखेको छ । वडा नं २ को भवन निर्माणका लागि १ करोड ५७ लाख बजेट छ । वडा नं १ र ३ जोड्ने सडक निर्माणका लागि २ करोड ५० लाख बजेट छुट्याएको उपाध्यक्ष गुरुङले बताइन् ।
गाउँपालिकाभित्रका सांस्कृतिक सम्पदा र संस्कृतिको संरक्षण तथा संवद्र्धन गर्न ३० लाख विनियोजन गरिएको छ । लक्षित वर्गको सशक्तीकरण र सुरक्षाका लागि लैंगिक समानता र सामाजिक समावेशीकरणका लागि ६२ लाख विनियोजन भएको छ । पालिकाका कर्मचारीको पोशाक भत्ताका लागि ४ लाख ७० हजार र करार कर्मचारीको तलब भत्ताका लागि २ करोड ९२ लाख विनियोजन गरिएको छ ।
पालिकाले खेलकुदमा २० लाख विनियोजन गरेको छ । स्थानीय सडक स्तरोन्नति गरी सुरक्षित र बाह्रै महिना यातायात सञ्चालनका लागि पूर्वाधार निर्माण र पुल निर्माणका लागि १ करोड २४ लाख ५० हजार बजेट छुट्याएको छ । कृषिको विकासका लागि सिँचाइ पूर्वाधारको निर्माण गरी उत्पादन वृद्धि गर्न ४१ लाख विनियोजन गरिएको उपाध्यक्ष गुरुङले बताइन् । गाउँपालिकालाई सूचना प्रविधिमैत्री बनाई सेवा प्रवाह गर्न ३० लाख बजेट छ ।
आधारभूत तथा माध्यामिक तहका स्वीकृत शिक्षक, राहत तथा विद्यालय कर्मचारीको तलव भत्ताका लागि १० करोड ४८ लाख ३४ हजार रुपैयाँ बजेट छ । क्षयरोगमुक्त गाउँपालिका अभियानलाई सार्थकता दिन विभिन्न कार्यक्रम सञ्चालन गर्न १७ लाख बजेट विनियोजन भएको छ । ‘खानेपानी तथा सरसफाइ व्यवस्थापनका लागि ३६ लाख ५० हजार रुपैँया विनियोजन गरेको छु,’ उनले भनिन्, ‘सुरक्षित आवास कार्यक्रमलाइ निरन्तरता दिइएको छ ।’
रुपाको बजेट ४९ करोड ३९ लाख
रुपा गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७९/८० का लागि ४९ करोड ३९ लाख ५४ हजार रुपैयाँको बजेट ल्याएको हो ।
पालिकाको बजेटमध्ये ८ करोड ८८ लाख नेपाल सरकारबाट प्राप्त हुने वितीय समीकरण अनुदान, नेपाल सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँडतर्फ ६ करोड ८६ लाख, प्रदेश सरकारबाट समीकरण अनुदान ९४ लाख, प्रदेशको राजश्व बाँडफाँडबाट ४३ लाख प्राप्त हुने गाउँपालिकाले जनाएको छ ।
[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”98521″ /]
त्यस्तै, प्रदेश सरकारबाटै समपुरक अनुदान २ करोड, जिसस मौज्दात कोषबाट १ करोड ४ लाख, गाउँपालिकाको अघिल्लो वर्षबाट ३ करोड र आगामी वर्षको आन्तरिक स्रोतबाट २ करोड ११ लाख व्यहोरिने गाउँपालिका अध्यक्ष ओझाले बताए ।
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ