मिलन बिक ‘मिने’को उपचारमा समस्या, आर्थिक सहयोगको अपिल

मिलन बिक ‘मिने’को उपचारमा समस्या, आर्थिक सहयोगको अपिल

milan bk mine dai

पोखरा । मध्यनेपाल नगरपालिका वडा नं. ७ सालघारी निवासी ४३ वर्षिय मिलन बिक (मिने) को उपचारमा समस्या भएको छ । ब्रेन ट्युमर भएर पोखराको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहनुभएका बिकको आर्थिक अवस्था कमजोर रहेकाले सहयोग गर्न अपिल गरिएको छ ।

मध्यनेपाल नगरपालिका वडा नं. ७ का अध्यक्ष हिरा बहादुर गुरुङले बिकको आर्थिक अवस्था कमजोर रहेकोले उपचारमा समस्या भएको बताउनुभयो । उहाँले मिलन विकको उपचारका लागि आर्थिक सहयोग आवश्यक रहेकाले देश तथा विदेशमा रहनुभएका नेपालीहरुलाई सहयोगको लागि अपिल गर्नुभयो । मिलन बिक अरुको घरमा काम गरेर दैनिकी चलाउदै आउनुभएको थियो । हात पाखुरा चल्दा अरुकोमा हलि बाउसे गरेर दैनिकी चलाएको थियो, अब विरामी परेपछि समस्या भयो इशानेश्वर पोखरा सम्पर्क समाजका अध्यक्ष बलराम घिमिरेले भन्नुभयो – “देश विदेशबाट उसको उपचारको लागि आर्थिक सहयोग संकलनको क्रम सुरु भएको छ । म सबैलाई सकेको सहयोग गर्न अपिल गर्दछु ।”

मिलनकी श्रीमती माया बिकले आफ्नो श्रीमानको उपचारमा सहयोग गरिदिन अनुरोध गर्नुभयो । श्रीमानको विषयमा कुरा गर्दा आँखाभरी आँसु बनाउदै मायाले भन्नुभयो – “सक्दा हामी बुढाबुढीले अरुकोमा काम गरेर बिहान बेलुकाको छाक टारेका थियौँ, अहिले यस्तो अवस्था आयो के भनम, यस्तो हट्टाकट्टा मान्छे यस्तो हुनुहुन्छ भन्ने सोचेको पनि थिइन, टाउकोमा समस्या भएको भनेका छन् खोइ पैसा धेरै लाग्छ रे हामीसंग यति अस्पतालमा खाना खाने पैसा त छैन अब उपचार कसरी गर्ने हो, बाबु म त के गर्ने के नगर्ने सोच्नै सकेको छैन । उहाँले भन्नुभयो – गाउँका दाजुभाइले नआत्तिन भन्नुभएको छ, सबैले सहयोग गरे उपचार हुन्छ भन्नुभएको छ, त्यहि एउटा आस छ ।

बिकको उपचारको लागि उनकी श्रीमति माया बिकको नाममा ग्लोबल आइएमई बैंकको पोखरा अमरसिंहचोक स्थित शाखामा खाता खोलिएको पत्रकार प्रल्हाद चन्द्र घिमिरेले जानकारी दिनुभयो । उहाँले सहयोग गर्न इच्छुक व्यक्ति र संस्थाले ग्लोबल आइएमई बैंकको अमरसिंहचोक शाखाको खाता नं. E107010024541 मा रकम जम्मा गरि दिनुहुन अनुरोध गर्नुभएको छ ।”

मिलन बिक अर्थात उहाँलाई सबैले गाउँमा मिने भनेर चिन्ने गर्दछन् । “कुनै गाह्रो काम गर्नुपर्दा सबैले मिने भनेर सम्झने गर्दथे, सबैको मा सहयोग गर्न पछि पर्ने थिएन”, स्थानिय दिपिन भुजेलले भन्नुभयो – “उ सामाजिक काम भनेपछि सँधै अघि सर्दथ्यो, तर अहिले बिरामी पर्यो पैसा छैन समस्या परिहाल्यो नि । एक थुकि सुकि सयौँ थुकी नदि भन्छन्, सबैले अलिअलि सहयोग गरेदेखि मिनेदाइको जिवन बचाउन सकिन्थ्यो की भनेर लागेका छौँ ।”

बिकको उपचारमा करिब १० लाख रुपैया लाग्ने चिकित्सकले जनाएका छन् ।

सहयोगका लागि सम्पर्क
ACCOUNT HOLDER NAME : BINA BK
ACCOUNT NUMBER : E107010024541
GLOBAL IME BANK, AMARSHINGCHOCK BRANCH
PHONE NUMBER : +9779856032486

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds