काठमाडौं । परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी सम्झौता राष्ट्रिय हितमा नभएकाले नेपालले कुनै सहमति नगर्ने बताएका छन्।
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहानको बैठकमा मन्त्री खड्काले ‘एसपीपी’को च्याप्टर क्लोज भएको भन्दै कुनै पनि प्रक्रिया अघि नबढ्ने बताएका हुन्।
उनले नेपाली सेनाले समेत अगाडि नबढ्ने बताइसकेकाले अब यो सम्झौताको च्याप्टर क्लोज भइसकेको जिकिर गरे। उनले नेपाल कुनै सैन्य गठबन्धनमा सहभागी नहुने पनि प्रष्ट पारे।
नेपाल सेनाले एसपीपी सम्झौता नगर्ने भनेर विज्ञप्ति निकालिसकेकाले अब यो विषयलाई विवादमा तानिरहनु आवश्यक नभएको उनको भनाइ छ।
सम्बन्धित खबर
हिरासतमा रहेका रविमाथि अदालतको चार पक्राउ पुर्जी
आजबाट शुल्क तिरेर धरहरा चढ्न पाइने
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्री ओलीका ९३ वर्षीय बुवालाई फोक्सो सम्बन्धी समस्या
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ