२०६५-६६ देखि कर नबुझाएका सवारीले आगामी फागुन मसान्तसम्म कर बुझाए जरिवाना छुट

२०६५-६६ देखि कर नबुझाएका सवारीले आगामी फागुन मसान्तसम्म कर बुझाए जरिवाना छुट

sawari_kar_online_vehicle_tax_bluebook_renew_techpana

पोखरा। गण्डकी सरकारले वार्षीक ३ सय जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारीदिने उत्पादनमुलक उद्योग स्थापना गर्न वा बिस्तार गर्नका लागि जग्गा खरिद गर्दा लाग्ने रजिष्ट्रेशन शुल्कको लिखितमा पूर्ण छुट दिइने जनाएको छ ।
गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी प्रसाद बरालले बुधबार पेश गरेको बजेटमा वार्षीक ३ सय भन्दा बढीलाई रोजगार दिने उद्योग र व्यवसायिक कृषि तथा उद्योग व्यवसायको नाउँमा जग्गा खरीद गर्दा लाग्ने रजिष्ट्रेशन शुल्कको लिखितमा पूर्ण छुट दिइने जनाएका हुन्।

यस्तै, आर्थिक वर्ष २०६५/६६ देखि २०७६/७७ सम्म नियमानुसार सवारी साधन कर नबुझाएका र नवीकरण नगरेका सवारी साधनको २०७९ फागुन मसान्तसम्म सवारी साधन कर बुझाउन आएमा लाग्ने जरिवानामा छुट दिइनेछ ।

यसैगरी, घर जग्गा कारोवारमा जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनमा सहादत्त प्राप्त गरेका शहिद र बेपत्ता परिवारका आश्रित पतिपत्नी, छोराछोरी तथा मातापिताको नाउँमा स्वामित्व प्राप्त हुनेगरी पारित लिखतमा लाग्ने सबै प्रकारको शुल्क पूर्ण रुपमा छुट दिईने मन्त्री बरालले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds