गाँजा बेचेर वैदेशिक ऋण दुई वर्षभित्रै तिर्न सकिन्छः एमाले सांसद तामाङ

गाँजा बेचेर वैदेशिक ऋण दुई वर्षभित्रै तिर्न सकिन्छः एमाले सांसद तामाङ

sher-bahadur-tamang

काठमाडौं । नेकपा (एमाले) का सांसद शेरबहादुर तामाङले गाँजा बेचेर राष्ट्रको वैदेशिक ऋण दुई वर्षभित्रै तिर्न सकिने दाबी गरेका छन्।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले गाँजाको औषधीय गुणलाई वैधानिकता गर्न सरकारसँग माग गर्दै उनले गाँजा खेतीबाट नेपालको पूर्वाधार विकास र राज्यको १६ खर्ब ऋण एक दुई वर्षमा तिर्न सकिने दाबी गरे।

गाँजा बन्ने सीबीडी र सीबीडीबाट बन्ने औषधिले क्यान्सर, एड्सजस्ता प्राण घातक रोग निको पार्न सक्ने भन्दै व्यवस्थित गर्न आग्रह गरे।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds