सडक भासिएको स्थानमा मृत फेला परेका अर्का पुरुषको पनि पहिचान खुल्यो

सडक भासिएको स्थानमा मृत फेला परेका अर्का पुरुषको पनि पहिचान खुल्यो

Tanahu-sadak-bhasiyeko

तस्बिर स्रोत : सामाजिक संजाल

तनहुँ  । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन-आँबुखैरेनी सडकखण्ड भासिएको स्थानमा फेला परेका अर्का मृतक पुरुषको पनि पहिचान खुलेको छ।
आँबुखैरेनी गाउँपालिका वडा नंवर -४ ड्याम नजिक सडक भासिदा फेला परेको दुई शव मध्ये अर्को शवको पनि पहिचान खुलेको हो। मृतक मकवानपुर जिल्ला हेटौंडा नगरपालिका -७ निवासी होम बहादुर भुजेल रहेको तनहुँका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता युवराज खड्काले गण्डक न्युजलाई जानकारी दिए।

मृतक भुजेल कारमा सवार रहेको व्यक्ति हुन सक्ने प्रहरीको अनुमान छ। “मृतकका आफन्त हाम्रो सम्पर्कमा आउनुभएको छ, उहाँहरु आएपछि विस्तृत विवरण खुल्ला” खड्काले गण्डक न्युजसँग भने।

यसअघि घटनास्थलमा उद्धारका क्रममा प्रहरीले दुई वटा शव फेला पारेकोमा गोरखा जिल्ला छोप्राक घर भइ हाल आँबुखैरेनी गाउँपालिका वडा नं -२ बस्दै आएका ३५ वर्षीय केशव घिमिरेको शवको सनाखत गरेको थियो।

भासिएको सडक तल नदीको किनारमा बा १० च ४६७९ नंवरको कार समेत पुरिएको अवस्थामा फेला परेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds