चितवन । चितवनमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ।
भरतपुर महानगरपालिका–१९ मा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा कपिलबस्तु शिवराज नगरपालिका ९ बस्ने २४ बर्षका छतिराम थारु र उनको नातामा भिनाजु पर्ने २३ बर्षीय राम चौधरीको मृत्यु भएको हो।
भरतपुर महानगरपालिका–१९ तमुटोल बस्ने राम प्यारी गुरुङको घरमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा छतिराम चिप्लिएर सेफ्टी ट्याङ्कीमा खसेपछि राम निकाल्न गएका थिए। उनको पनि डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरी, सेना र स्थानीय बासिन्दाको सहयोगले दुबै जनाको शव निकालेर पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
इच्छाकामना मन्दिर परिसरमा पञ्चमी मेला
त्रिशूलीमा ट्रक खस्यो
सत्रकिलो बस दुर्घटनामा पोखरा बस्ने एकसहित ५ जनाको मृत्यु, एक गम्भीर [अपडेट]
चितवनमा बस र माइक्रो बस ठोक्किँदा ५ जनाको मृत्यु, ३ जना घाइते
बसको ठक्करबाट एक जनाको मृत्यु, २ गम्भीर घाइते
दुई किशोर घरमै डाकेर पत्नीमाथि सामूहिक बलात्कार, पति पक्राउ
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते