सरोज अर्याल । स्याङ्जाका पत्रकारहरुलार्इ स्याङ्जा पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ ।
स्याङ्जा पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्मा र शिवप्रसाद पोख्रेललार्इ शैक्षिक पुरस्कार २०७३ बाट सम्मान गरिएको छ । शैक्षिक पुरस्कार २०७४ बाट पत्रकार महासंघ स्याङ्जाका उपाध्यक्ष अर्जुन काफ्ले र सदस्य टिकाराम अधिकारीलाई सम्मान गरिएको हो ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पदमा अर्यालले सम्मान गरिन्। मन्त्री अर्यालले पत्रकारले सत्यतामा आधारित रहेर कलम चलाउनु पर्ने बताउँदै सकारात्मक समाचार सम्प्रेषणले पत्रकारको मानसम्मान बढ्ने हुदा विश्वसनीय बन्न पत्रकारलाई आग्रह गरिन् ।
सम्मान कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति सिता सुन्दास, पत्रकार महासंघ जिल्लाका सदस्यहरु सहभागी थिए ।
अग्रज पत्रकार अनिता बिन्दुको बाबुको स्मृतिमा स्थापित शिवप्रसाद पोख्रेल शैक्षिक पत्रकारिता पुरस्कार प्रत्येक बर्ष जिल्लाका क्रियाशिल सञ्चारकर्मीलाई सम्मान गरिँदै आएको छ ।
दुई वर्षको पुरस्कार एकैसाथ प्रदान गरिएको हो । बि। सं २०५२ साल असोज ९ गते बिद्यालयको तलब लिएर घर जाँदै गर्दा बाटोमा केही लुटेरा गुण्डाहरुले पोख्रेलको हत्या गरेका थिए ।
सम्बन्धित खबर
दुई सय १६ जना मोतियाबिन्दुका बिरामीको नि:शुल्क शल्यक्रिया गरिने
सिद्धार्थ राजमार्ग स्तरोन्नतिलाई प्राथमिकता दिन्छौं :अर्थमन्त्री पौडेल
फेदीखोला चैते दशैं मेला: पुरुष भलिबलको उपाधि मट्टीखानलाई
अर्जुनचौपारीमा कफी कृषकलाई नगद अनुदान
चैत्र पूर्णिमाको अवसरमा ऎतिहासिक काल्खु मेला हुने
स्याङ्जाका सीडीओ नेपालको सरुवा, ईश्वरीप्रसाद अर्याल आउने
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
अन्नपूर्णमा हिमपहिरो, २ नेपाली बेपत्ता