काठमाडौँ । बङ्गलादेशको एउटा कन्टेनर डिपोमा विस्फोट हुँदा ३४ जनाको मृत्यु भएको छ। अन्य कैयौँ घाइते भएका अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। घाइतेमध्ये धेरैजसोको शरीर ६० देखि ९० प्रतिशतसम्म जलेको खबरमा उल्लेख छ।
दक्षिणी सहर सिताकुन्डमा कन्टेनरहरूको भण्डारमा सल्किएको आगो निभाउन अग्नि नियन्त्रकहरू बोलाइएपछि विस्फोट भएको थियो। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरूको उपचार भइरहेको बताइएको छ।
घाइते हुनेहरूमा डिपोका कामदार, अग्नि नियन्त्रक र प्रहरी रहेका छन्। आगलागीको कारण खुल्न सकेको छैन। विस्फोटका कारण आसपासका धेरै घरहरूमा झ्यालका सिसा फुटेको र चार किलोमिटर टाढासम्म कम्पन महसुस भएको जनाएको छ।
सम्बन्धित खबर
इजरायलले लेबनानमा गरेको आक्रमणमा परी २३ जनाको मृत्यु
पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट, १७ जनाको मृत्यु
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको चुनाव आज
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २ सय नाघ्यो
जापानमा आम निर्वाचन हुँदै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते