काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले देशलाई पेट्रोल–डिजेल–एलपी ग्यासमुक्त बनाउन लाग्नुपर्ने बताएका छन्। तत्कालका लागि चाहिँ कुनै विकल्प खोजेर पेट्रोलियम पदार्थको मूल्य थप घटाउनु पर्ने बताए।
शुक्रबार प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै महामन्त्री थापाले यो बेलामा प्रदूषण, सडक मर्मत करमा केही न केही घटाएर राहत दिनुपर्ने बताएका हुन्।
‘नेपाललाई पेट्रोल–डिजेल–एलपी ग्यासमुक्त देश बनाउन आजकै मितिबाट महत्वकांक्षी योजनाका साथ लाग्यो भने बाँच्छौँ हामी,’ थापाले भने, ‘अहिले कतै कर घटाउने भन्दा पनि यसको दीर्घकालीन उपाय भनेको यसबाट मुक्त अर्थात् पेट्रोल–डिजेल–एलपी ग्यासमुक्त बनाउने हो।’
थापाले पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउने काममा पनि ध्यान दिन सरकारलाई दबाब दिए।
This will close in 3 seconds
सम्बन्धित खबर
आज ऋषिपञ्चमी पर्व, सप्तऋषिको पूजा गरी मनाइँदै
आजको मौसम पूर्वानुमान
असोज १५ सम्म जापानिज इन्सेफ्लाइटिसको जोखिम उच्च
निजामती सेवा दिवसमा पुरस्कृत हुने उत्कृष्ट कर्मचारी यी हुन्
संविधान दिवस, २०८१ विशेष रुपमा मनाइने
पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्ग सञ्चालनमा
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग