पोखरा । आफ्नै पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोप लागेका तीन जना कार्यकर्तालाई एमाले कास्कीले निलम्बन गरेको छ।
सम्बन्धित कमिटीले स्पष्टीकरण सोधेको र अगाडि बढाएको कारबाही प्रक्रिया निष्कर्षमा पु¥याउन तीन जनालाई निलम्बन गरिएको एमाले कास्कीले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
पोखरा ३३ वडा कमिटी उपाध्यक्ष महेश अर्याललाई पदमुक्त गरेर संगठित सदस्यबाट पनि निलम्बन गरिएको छ । पोखरा–३३ अन्तर्गत पार्टी संगठित सदस्य रहेका प्रशान्त आचार्य र पोखरा–२१ का मनोज पहारीलाई पनि निलम्बन गरिएको छ।
निलम्बनमा परेकाहरू गत ३० वैशाखमा भएको पोखरा महानगरपालिकाको चुनावमा एमालेबाट मेयर उम्मेदवार रहेका कृष्ण थापालाई हराउन लागेको आरोप छ। उनीहरूले गठबन्धनका उम्मेदवार धनराज आचार्यको पक्षमा भोट मागेको दुईवटा अडियो सार्वजनिक भएको थियो।
सम्बन्धित खबर
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ