पोखरामा आज सरकारी गाडी चलाउन अनेरास्ववियुको रोक

पोखरामा आज सरकारी गाडी चलाउन अनेरास्ववियुको रोक

Pokhara Scene 2

तस्वीरः विपिन दाहाल

पोखरा । नेकपा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)कास्कीले आज कास्कीमा सरकारी गाडी चलाउन रोक लगाएको छ ।

केन्द्रीय सदस्य महेन्द्र उपाध्याय पक्राउ परेको विरोधमा सरकारी गाडी सञ्चालनमा रोक लगाइएको संगठनका कास्की जिल्ला उपाध्यक्ष सन्तोष पोखरेलले बताए ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा गत हप्ता अखिलको केन्द्रीय कार्यक्रमअनुसार कास्की जिल्ला कमिटीले पोखरामा सरकारी गाडी सञ्चालन रोकेको थियो । त्यतिबेला मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको शासकीय सुधार तथा समन्वय महाशाखा सचिव मनमाया भट्टराई पंगेनीको गाडी पनि रोकिएको थियो । त्यसमा असन्तुष्ट सचिव भट्टराईले अभद्र व्यवहार गरेको भन्दै जाहेरी दिएपछि अखिलका केन्द्रीय सदस्य महेन्द्र सोमबारदेखि प्रहरीको नियन्त्रणमा छन् ।

उनको रिहाइ माग गर्दै अखिलका विद्यार्थी विरोधमा उत्रिएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds