इन्टरनेट सेवा शुल्क घटाउने, अनलाइन मिडियाले पनि लोकल्याणकारी विज्ञापन पाउने

इन्टरनेट सेवा शुल्क घटाउने, अनलाइन मिडियाले पनि लोकल्याणकारी विज्ञापन पाउने

internet

सरकारले इन्टरनेट सेवा शुल्क सेवा घटाउने भएको छ । संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले इन्टरनेटको सेवा शुल्क घटाउने बताए । काठमाडौं, धरान र देशका अन्य क्षेत्रमा डेटा सेन्टरको स्थापना गरिने भएको छ ।

यस्तै, सरकारले अनलाइन सञ्चारमाध्यमलाई पनि लोकल्याणकारी विज्ञापन दिने भएको छ । यसअघि यो विज्ञापन पत्रपत्रिका, रेडियो र टेलिभिजनलाई मात्र दिइँदै आइएको थियो ।

सञ्चार मन्त्रालयलाई ८ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds