काठमाडौं । मङ्कीपक्स भाइरसको सङ्क्रमण २० देशमा फैलिएको पुष्टि भएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार २० देशका दुई सय जना भन्दा धेरैमा मङ्कीपक्स संक्रमण पुष्टि भएको छ।
विश्वभरि अहिलेसम्म दुई सय व्यक्तिमा संक्रमण पुष्टि भएको र अरु एक सयभन्दा बढीमा शंकास्पद लक्षण देखिएको डब्लुएचओका एक अधिकारीले जनाएका छन् ।
थप एक सय भन्दा धेरैमा शंकास्पद लक्षण देखिएको छ। मङ्कीपक्स भाइरसका बारेमा धेरै मानिसले ध्यान नदिएको र दिन प्रतिदिन फैलिँदै गएकाले यसले विश्वभरलाई प्रभावित पार्न सक्ने भन्दै डब्लूएचओले चिन्ता व्यक्त गरेको छ।
यस भाइरसका कारण मानिसको मृत्यु नै नभएपनि सङ्क्रमण छिटो छिटो धेरै जनामा सर्ने र शारीरिक समस्या हुने गरेकोले उच्च सतर्कता अपनाउन चिकित्सकहरूको अनुरोध छ।
डब्लुएचओका उच्च अधिकारीहरूले सङ्क्रमण देखिएका मुलुकहरूमा थप फैलिन नदिने र नदेखिएका मुलुकहरूमा प्रवेश गर्न नदिने गरी काम गर्न पनि सबैलाई आह्वान गरेका छन्।
सम्बन्धित खबर
चिकित्सकले मृत घोषणा गरेका व्यक्ति चिताबाट ब्युँझिएपछि…
कांग्रेस–एमालेको सत्ता गठबन्धनलाई हाम्रो पार्टीको समर्थन छ: भाजपा नेता जोली
इजरायलले लेबनानमा गरेको आक्रमणमा परी २३ जनाको मृत्यु
पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट, १७ जनाको मृत्यु
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको चुनाव आज
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ