काठमाडौँ : व्यापारीलाई धम्काएर ७ करोड माग्ने ६ जना पत्रकार र एक जना विज्ञापन एजेन्सीका व्यक्ति पक्राउ परेका छन् । उपत्यका अपराध महाशाखाको टोलीले सङ्गठित रूपमा धम्क्याएर रकम माग गरेको आरोपमा सात जनालाई पक्राउ गरेको हो।
जानकारस्रोतका अनुसार उनीहरूले व्यक्तिको भिडियो बनाएर धम्क्याउँदै रकम माग गरेको आरोप छ। पक्राउ पर्नेमा एक जना विज्ञापन एजेन्सी सञ्चालक र अन्य टेलिभिजनमा काम गर्ने पत्रकारहरू छन्।
पत्रकार सुजन आचार्य, धर्मराज थापा, वसन्ता खनाल, श्रवण कार्की, टेकबहादुर बिक, उमेश भण्डारी र सुरज शर्माले व्यापारीसँग ७ करोड डिल गरिराखेको अवस्थामा पक्राउ परेका हुन् ।
उनीहरुले संगठित रुपमा ब्ल्याकमेल गरेर रकम असुल्दै आएको सूचनाको आधारमा अनुसन्धानमा खटिएको प्रहरी टोलीले शुक्रबार उनीहरुलाई पक्राउ गरेको हो।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ