गोरखामा स्वतन्त्र उम्मेद्वारको मत ‘शून्य’, आफ्नै मत हराएपछि अदालत जाने तयारी

गोरखामा स्वतन्त्र उम्मेद्वारको मत ‘शून्य’, आफ्नै मत हराएपछि अदालत जाने तयारी

Navaraj Dhakal

गोरखा । भीमसेन थापा गाउँपालिका ८ मा वडाध्यक्ष पदमा स्वतन्त्र उमेद्वार उठेका नवराज ढकालले १ भोट पनि पाएनन् । ढकाल चुनाव चिन्ह ‘खानेपानीका धारा’ लिएर चुनावी मैदानमा होमिएका थिए । राजनीतिक दलप्रति बितृष्णा जाग्दै गएपछि स्वतन्त्र उमेद्वारी दिएका ढकाललाई वडामा १४६९ मत खस्दा १ मत पनि नपाएका हुन् ।  माओवादी केन्द्रका उम्मेद्वार बिष्णु कुमार श्रेष्ठ वडाध्यक्ष निर्वाचित भइसकेका छन् ।

आफैँले हालेको भोट पनि मतगणनामा नभेटिएपछि अहिले ढकाल तनावमा छन् । सामाजिक सञ्जालमा ढकालले आफूले आफैलाई समेत मतदान नगरेको भन्दै बिभिन्न पोष्टहरु आउन थाल्यो ।  ‘म चुनावी प्रतिस्पर्धामा थिएँ, मैले मेरो भोट हालेको छु, तर गणनामा मेरो मत देखाइएन । मेरो मत खोज्न अब अदालत जानेछु’, ढकाल भन्छन् ।

आफुले आफैँलाई मत जाहेर नगरेको विषयमा सामाजिक सञ्जालहरुमा आफुलाईमाथि नैतिक प्रश्न उठेपछि निर्वाचन अधिकृतसँग ढकाल जवाफ लिन गए । तर, अधिकृत कार्यालयले मत नै नआएको भन्दै फर्काएको उनी बताउँछन् ।

उनी भन्छन्, ‘मैले आफुलाई मत जाहेर गरेको छु, बदर पनि भएको छैन, कसरी मेरो मत हरायो ? मतगणना गर्दा निर्वाचनका कर्मचारीले कुन हदसम्म लापार्बाही गर्दा रहेछन् भन्ने यो घटनाले पुष्टि गरेको छ ।’

निर्वाचन अधिकृत खिमानन्द गौतमले भने कार्यालयबाट मतगणना गर्दा कुनै त्रुटी नभएको दावी गर्छन् । उनी भन्छन्, ‘गणना गर्दा सबै दलको प्रतिनिधि बसेर गणना गरेको हो, सबै बिवरण प्रष्ट छ । त्रुटी भएकै छैन् । उहाँलाई चित्त नबुझेमा उच्च अदालत जान सक्नुहुन्छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds