पोखरा। शनिबार सम्पन्न स्थानीय तहको निर्वाचनमा पोखरा -१५ बाट कूल ५३११ मत खसेको छ। वडाको दुई वटा केन्द्र श्री सिद्ध मावि फलेपाटन र १५ नं वडा कार्यालय स्थित चौरमा रहेको मतदान केन्द्रबाट कूल ५३११ मत खसेको हो।
१५ नं वडा कार्यालय स्थित मतदान केन्द्रमा ४६९१ मतदाता रहेकोमा ५ वटा केन्द्र राखिएकोमा केन्द्र ‘क’ बाट ५५२, केन्द्र ‘ख’ बाट ५६७, केन्द्र ‘ग’ बाट ५६०, केन्द्र ‘घ’ बाट ५३४ र केन्द्र ‘ङ’ बाट ५५० मत गरी कूल २७६३ मत खसेको हो।
यस्तै, फलेपाटनस्थित सिद्ध मावि केन्द्रमा ३८२४ मतदाता रहेकामा केन्द्र ‘क’ बाट ६३७, केन्द्र ‘ख’ बाट ६३०, केन्द्र ‘ग’ बाट ६४७, केन्द्र ‘घ’ बाट ६३४ गरी २५४८ मत खसेको हो।
आज सम्पन्न निर्वाचनमा वडा नं -१५ का दुवै मतदान केन्द्रमा अत्यन्त शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न भएको छ। मतपेटिकाहरु मतगणनाका लागि सम्बन्धित स्थानमा पठाईसकिएको छ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते