जसपा र एमालेबीच तालमेल, पालुङटारमा मेयर जसपालाई, उपमेयर एमालेलाई

जसपा र एमालेबीच तालमेल, पालुङटारमा मेयर जसपालाई, उपमेयर एमालेलाई

palungtar-samajbadi

गाेरखा । नेता डा. बाबुराम भट्टराइकाे गृहनगर गोरखाको पालुङटार नगरपालिकामा सत्ता पक्षीय गठबन्धन तोड्दै जसपाले एमालेसंग चुनावी तालमेल गरेको छ ।

सहमति अनुसार पालुङटार मेयरमा एमालेले जसपालाई र उपमेयरमा जसपाले एमालेलाई सघाउने निर्णय भएको छ । एमाले र जसपाले मंगलबार निकालेको संयुक्त विज्ञप्तीमा एमालेका जिल्ला अध्यक्ष प्रेम गुरुङ र जसपाका जिल्ला अध्यक्ष यानप्रसाद भट्टले हस्ताक्षर गरेका छन् ।

उनीहरुले वडाअध्यक्ष पदमा समेत तालमेल गरेका छन् । जसअनुसार पालुङटारका १० वटा वडामध्ये ७ वटाको अध्यक्ष जसपाले लिने र ३ वटा वडाध्यक्ष एमालेले लिने सहमति भएको छ ।

जनता समाजवादी पार्टीले यसरी नै एमालेसँग मिलेर पृथ्वीसुब्बा गुरूङ नेतृत्वकाे गण्डकी प्रदेश सरकारलाई सहयाेग गरेकाे भए  गुरूङ नेतृत्वकाे सरकार ढल्ने थिएन । २ सांसद रहेकाे जसपाले चाहेअनुसार मन्त्रालय पनि पाउने थियाे । तर, काँग्रेसलाई सघाउँदा लिखित सहमति पनि पालना गरेन । अर्थमन्त्री दिने भनेकाे काँग्रेसले दिएन र अन्तिममा उर्जामन्त्रीमा चित्त बुझाउनुपरेकाे थियाे । अहिले पनि पालुङटारमा काँग्रेसले नै उम्मेदवार उठायाे र बाबुराम भट्टराईकाे कुरा सुनिएन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds