काठमाडौं । सरकारले स्थानीय तह निर्वाचनको दिन वैशाख ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचनको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
‘स्थानीय तह निर्वाचन, २०७९ को मतदान हुने २०७९ वैशाख ३० गते शुक्रबारका दिन नेपाल राज्यभरका सबै सरकारी कार्यालयहरु र सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषदबाट २०७९ वैशाख २५ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ गृह मन्त्रालयले एक सूचना प्रकाशित गरी भनेको छ ।
यही वैशाख ३० गते देशका सबै ७५३ वटै स्थानीय तहमा एकसाथ निर्वाचन हुँदैछ । यसअघि सरकारले जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । यो संगै चार दिन लगातार बिदा हुनेभएको छ । वैशाख ३१ गते शनिबार र जेठ १ गते आइतबार परेको छ भने २ गते बुद्ध जयन्ति परेको छ ।
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ