लमजुङ । लमजुङमा राँगाले हानेर एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।
सुन्दरबजार नगरपालिका वडा नं. ४ कुम्रुकमा आइतबार विहान ६ बजेतिर राँगाले हानेर ४४ वर्षीय खुमबहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको छोरी २० वर्षकी रबिना भने घाइते भएकी छिन्।
आफैंले पाल्दै आएको राँगालाई बाँध्ने भन्दै गोठ नजिँदै जाँदा राँगाले नेपालीलाई हानेको थियो।
घाइते नेपालीलाई उपचारका लागि जिल्ला अस्पताल लमजुङ ल्याइएकोमा उपचार हुन नसकी थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर रिफर गरिएको थियो। तर बाटोमा अवस्था गम्भीर भएपछि सुन्दरबजार नगरपालिका ९ सिउँडीबारस्थित भोटेओडार अस्पतालमा लैजाँदा डाक्टरले मृत घोषणा गरेका थिए।
मान्छे हान्दै हिँडेपछि राँगालाई प्रहरीले गोली हानेर मारेको छ।
सम्बन्धित खबर
लेकबाट बेसी झर्न थाले भेडाका बथान
सुत्केरी व्यथा लागेको २० घण्टापछि हेलिकप्टरमार्फत् महिलाको उद्धार
गण्डकीमा स्वास्थ्य सुधारका सय कार्यक्रम योजनाबद्ध रुपमा अघि बढिसकेको छ – मन्त्री पाठक
लमजुङको मकैडाँडमामा जीप दुर्घटना हुँदा २२ घाइते
लमजुङको दूधपोखरी गाउँपालिकाकी पूर्वअध्यक्ष छुपीमायाको निधन
लमजुङमा हँसिया प्रहार गरी बुबाले गरे छोराको हत्या
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते