बाँडीचुँडी खान गठबन्धन बनाएका छन्ः अध्यक्ष ओली

बाँडीचुँडी खान गठबन्धन बनाएका छन्ः अध्यक्ष ओली

KP Oli pkr (1)

इटहरी । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारमा बाँडीचुडी खान काङ्ग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलले गठबन्धन गरेको टिप्पणी गरेका छन्।

आज शनिबार इटहरी उपमहानगरपालिकाको चुनावी सभामा बोल्दै अध्यक्ष ओलीले बाँडेर खाने उद्देश्यले बनाएको गठबन्धनलाई मत दिन नहुने बताएका हुन्।

ओलीले सत्ता गठबन्धनमा कुनै गन्तव्य नभएको बताए । उनले वडामासमेत एमालेसँग एक्लै चुनाव लड्न नसकेर सत्तारुढ ५ दलले गठबन्धन गरेको टिप्पणी गरे।

‘गठबन्धनको कता जाने? के गर्ने? भन्ने गन्तब्य छैन। सरकार बनाउने बाँडीचुँडी खाने र नातागोता पार लाउने मात्रै हो, वडामा पनि एक्लै चुनाव लड्न नसक्नेले देश कसरी चलाउँछन्?’ उनले भने।

एमाले अध्यक्ष ओलीले नेपाली काङ्ग्रेसको घोषणा पत्रमा मान्छे देखिने तर एमालेको घोषणा पत्रमा विकास देखिने बताए ।

‘गठबन्धनलाई भोट हाल्ने हो कि सुखी नेपाली समृद्ध नेपाल बनाउनेलाई भोट हाल्ने फैसला मतदातामा निर्भर गर्छ । म इटहरी विकासको जिम्मा लिन्छु । तपाईंहरू याम सुब्बा र सङ्गीता चौधरीलाई जिताएर देखाउनुस’, उनले भने ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds