श्रींलकामा फेरि आपतकालको घोषणा

श्रींलकामा फेरि आपतकालको घोषणा

Sri-lanka-president

काठमाडौँ । श्रीलंकाका राष्ट्रपति गोटाबाय राजपाक्षेले फेरि आपतकाल घोषणा गरेका छन्।

सरकारविरोधी प्रदर्शनहरु चर्किरहेका बेला राष्ट्रपति राजपाक्षेले पुनः आपतकाल घोषणा गरेका हुन्। सार्वजनिक व्यवस्था सुनिश्चित गर्न राष्ट्रपतिले कडा कानूनको आह्वान समेत गरेको त्यहाँका सञ्चार माध्यमले जनाएका छन्।

देशको आर्थिक संकटलाई लिएर शुक्रबार विभिन्न ट्रेड युनियनहरूले राष्ट्रपतिको राजीनामा माग गर्दै देशव्यापी हड्ताल समेत गरेका थिए।

श्रीलंकाको संसदमा तोडफोड गर्न खोजेका विद्यार्थीमाथि प्रहरीले फेरि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो। लामो लोडसेडिङ, खाद्यान्न, इन्धन र औषधिको तीब्र अभावले २ करोड २० लाख जनसंख्या भएको श्रीलंकामा व्यापक पीडा निम्त्याएको छ।

सन् १९४८ मा स्वतन्त्र भएपछि श्रीलंका अहिलेसम्मकै खराब आर्थिक संकटबाट गुज्रिरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds