कसैको छोरी र श्रीमती भनेर महिला उम्मेदवारको अपमान गरियोः प्रचण्ड

कसैको छोरी र श्रीमती भनेर महिला उम्मेदवारको अपमान गरियोः प्रचण्ड

prachanda

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महिला उम्मेदवारहरूलाई अपमान गरिएको गुनासो गरेका छन्।

आज काठमाडौँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केही मानिसहरुले महिला उम्मेदवारका बारेमा कसैको छोरी र श्रीमती भनेर कुप्रचार गरेको बताएका हुन्।

‘कसैलाई छोरी र श्रीमतीको रुपमा प्रचार गरेर महिलालाई अपमानित गरेका छन्, म त्यो प्रवृत्तिलाई विरोध गर्न चाहन्छु। जहाँजहाँ महिला कार्यकारी भूमिकामा रहेका छन्, त्यहाँ राम्रो काम भइरहेको छ,’ प्रचण्डले भने, ‘हामी पुरुषले धेरै राज गर्‍यौँ, एकपटक महिलालाई कार्यकारी भूमिका दिएर हेरौँ।’

उनले काठमाडौँ र चितवनमा महिला उम्मेदवारको पक्षमा भोट माग्दा खुशी लागेको पनि बताए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ