बाजुरामा कांग्रेस र नेकपा एसका कार्यकर्ताबीच झडप, प्रहरीसहित ६ जना घाइते

बाजुरामा कांग्रेस र नेकपा एसका कार्यकर्ताबीच झडप, प्रहरीसहित ६ जना घाइते

jhadap-झडप

काठमाडौँ । बाजुरामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरूबीच झडप भएको छ।

शुक्रबार बुढिनन्दा नगरपालिका ९ मा एकीकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको आरोपमा नेपाली कांंग्रेसका कार्यकर्ताले एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएको हो।

कांग्रेसका कार्यकर्ताको कुटाइबाट एकीकृत समाजवादीका कार्यकर्ताहरु भागेर प्रहरी कार्यालयमा गएका थिए। पाण्डुसेन प्रहरी कार्यालयमा एकीकृत समाजवादीका कार्यकर्ता पसेपछि कांग्रेसका कार्यकर्ताहरुले प्रहरी कार्यालय तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

प्रहरीले घटनालाई नियन्त्रणमा लिन हवाइ फायर गरेको हो।

प्रहरीतर्फ तीन जना र नेपाली कांग्रेसका तीन जना घाइते भएको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ