पोखरा । पोखरामा सबैभन्दा बढी आन्दोलन हुने अस्पताल मनिपाल अस्पताल । जहाँ कर्मचारी मात्र होईन, चिकित्सक समेत आन्दोलनमा उत्रदैं आएका छन् । भारतीय व्यवस्थापन भएकाले क्षतिपूर्तिका सवालमा पनि मनिपालमा बढी तनाव हुने गरेको छ । मनिपाल अस्पतालमा आन्दोलन नगर्न स्थानीयवासीको आग्रह छ ।
मनिपाल अस्पताल कर्मचारी आन्दोलनका कारण अहिले दुई दिनदेखि पुनः ठप्प छ । तर, फुलबारी क्षेत्रको प्रमुख केन्द्र मनिपाललाई निर्वाध सञ्चालन गर्ने वातावरण बनाउन स्थानीयले आग्रह गरेका छन् । आन्दोलन पीडित भनिएका पक्षबाट हुने तर अस्पताल बन्द गर्न नहुनेमा स्थानीय अस्पताल प्रशासनसँग लागेको जस्तो देखिएपछि आन्दोलनकर्ता मात्र होईन, प्रमुख जिल्ला अधिकारीको समेत दुर्वचन खानुपरेको उनीहरुले गुनासो गरे ।
स्थानीय फुलबारी क्लबले बुधबार पत्रकार सम्मेलन नै गरेर अस्पताल प्रशासनसँग मिलेर आफूहरुले पैसा खाएको आरोप कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले लगाएको भन्दै खण्डन गरेको छ । सिडिओ जस्तो पदमा बसेको व्यक्तिले अस्पताल बन्द गर्न नहुने भन्दै आग्रह गर्न पुग्दा अस्पताललाई दुहुनो गाई बनाएको भनेर आरोप लगाउनु खेदजनक रहेको अध्यक्ष हरिशचन्द्र बास्तोलाले बताए ।
क्लवका अध्यक्ष बाँस्तोलाले स्वास्थ्य जस्तो अत्यावश्कीय सेवा अवरुद्ध हुँदा सर्वसाधारण जनता मारमा पर्ने हुँदा कानुनी व्यवस्था कार्यान्वयन गर्दै अस्पताल जस्तो ठाउँ बन्द गर्न नहुने बताए । उनले पीडित पक्षको अधिकारका लागि क्लबले सहयोग गर्ने तर अस्पताल बन्द गर्ने कुरामा समर्थन गर्न नसक्ने बताए ।
मनिपाल अस्पतालमा फार्मेसीमा कार्यरत कर्मचारीहरु रमेश बोहरा, टेक बहादुर विक, निलकण्ठ भट्टराई, लेखा शाखामा कार्यरत अल्पना ठाकुरलाई अस्पताल फार्मेसीमा हिनामिना गरेको आरोपमा निष्काशन गरेपछि अहिले अस्पतालमा कर्मचारीहरुले आन्दोलन गरेका छन् ।
कर्मचारीका कारण हिनामिना नभएको, फार्मेसीमा औषधि खरिद प्रक्रिया, विक्रिवितरणमा अस्पताल प्रशासनकै हात हुने भन्दै कर्मचारीमाथि कारबाहीको विरोधमा मनिपाल बन्द छ । अखिल नेपाल स्वास्थ्य श्रमिक संघ मनिपाल एकाई, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन मनिपाल एकाई, मनिापाल स्वतन्त्र कर्मचारी युनियनको संयुक्त एक्येबद्धतामा आन्दोलन भएको छ ।
तत्काल अस्पताल खुलाई विरामीको उपचारमा सहजीकरण गर्न भन्दै क्लबले पोखरा लेखनाथ महानगरपालिका वडा नं. ११ कार्यालयलाई अनुरोध गरेको थियो । तत्काल वडा कार्यालयले जिल्ला प्रशासन कार्यालयमा अनुरोध गरेको थियो । यस क्रममा प्रमुख जिल्ला अधिकारीबाटै गैरजिम्मेवार जवाफ पाएको भन्दै वडा अध्यक्ष मोहनप्रसाद बास्तोलाले आपत्ति जनाए ।
फुलबारी क्लबले लेखेको पत्रमा ‘स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्र भित्र हुने कुनै पनि आन्दोलनलाई निषेध गर्दै यथास्रिघ समस्या समाधान गर्न’ उल्लेख छ । वडाध्यक्ष बास्तोलाले मनिपाल अस्पताल यस क्षेत्रकै गहना भएको र सस्तो सर्वसुलभमा औषधोपचार हुने भएकाले सर्वसाधारणको हितका लागि पनि बन्द गर्न नहुने बताए । क्लबका सचिव दामोदर आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ