पाेखरामा एमालेकाे प्रतिबद्धतापत्र सार्वजनिक, माेनाेरेल र मेट्राेरेल चलाउने (घोषणापत्रसहित)

पाेखरामा एमालेकाे प्रतिबद्धतापत्र सार्वजनिक, माेनाेरेल र मेट्राेरेल चलाउने (घोषणापत्रसहित)

pratibaddhata patra

नेकपा एमालेले ३० वैशाखको चुनाव लक्षित पोखरा महानगरपालिकाको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले शनिबार पोखरामा आयोजित कार्यक्रममा एमालेको चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।

महानगरभित्र सार्वजनिक यातायातलाई व्यवस्थित गर्न मोनोरेल र मेट्रोरेल चलाउन सम्भाव्यता अध्ययन गर्ने र कार्य प्रारम्भ गर्ने एमालेको घोषणापत्रमा उल्लेख छ। भ्रष्टाचार, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउने एमालेको यसपटकको घोषणा पत्रमा पनि उल्लेख गरेको छ ।

महानगरमा पर्नेमध्ये पहाडी लोकमार्ग खण्डलाई छिटो निर्माण गर्न, केरुङ, काठमाडौं हुँदै पोखरा लुम्बिनीसम्म रेलमार्ग सञ्चालन र कोरला भैंसालोटन नाका हुँदै अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने जनाएको छ ।

यसपटकको चुनावमा एमालेबाट कृष्णबहादुर थापा मेयर र मन्जुदेवी गुरुङ उपमेयर उम्मेदवार छन् । मन्जुदेवी यसअघि पनि पोखराको उपमेयर निर्वाचित भएकी थिइन् । उम्मेदवार परिचय तथा बृहत् कार्यकर्ता भेलामा मेयरका प्रत्यासी थापाले आफू निर्वाचित भएपछि पाउने सेवासुविधा गरिबको सेवा र विकासका काममा लगाउने प्रतिबद्धता गरे । उनले यो चुनाव नै आफ्नो अन्तिम हुने र अब कुनै चुनाव नलड्ने घोषणा गरे ।

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”95558″ /]

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds