भारतमा रथ यात्रामा करेन्ट लाग्दा ११ जनाको मृत्यु, १५ घाइते

भारतमा रथ यात्रामा करेन्ट लाग्दा ११ जनाको मृत्यु, १५ घाइते

electric_shock

काठमाडौँ । भारतको तमिलनाडुमा रथ यात्राको क्रममा करेन्ट लाग्दा ११ जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् ।

बुधबार बिहान तमिलनाडुको तंजाबुरको एक मन्दिरको रथयात्राको क्रममा हाई भोल्टेजको तारमा छोइँदा ११ जनाको ज्यान गएको र १५ जना घाइते भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

ज्यान गुमाउनेमा केही बालबालिका पनि छन् । तञ्जावुरको कालिमेदुको मन्दिरमा ९४औँ माथिल्लो गुरुपूजा पर्व मनाइँदैछ । त्यसमा सहभागी हुन गएरातिदेखि दर्शनार्थीको भीड लागेको थियो ।

यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले यो घटनामा ज्यान गुमाएकाका परिवारलाई २–२ लाख र घाइतेहरुलाई ५०–५० हजार रुपैयाँ दिने बताएका छन् ।

यस्तै, तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले ज्यान गुमाएकाका परिवारलाई ५–५ लाख रुपैयाँ दिने बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds