तनहुँ। जिल्ला प्रहरी कार्यालय तनहुँले युवकको हत्याको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ।
शुक्लागण्डकी नगरपालिका वडा नं -५ गल्छिना निवासी २९ वर्षीय विशाल ढुंगानाको हत्यामा संग्लग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका -१० निवासी ३८ वर्षीय बिमल सुनार, सोही नगरपालिका -८ निवासी २५ वर्षीय सुशिल बिक र वडा नं -३ निवासी ४७ वर्षीय होम बहादुर बिक रहेका छन् ।
प्रहरीका अनुसार मृतक ढुंगाना घर परिवारसँग सम्पर्कबिहिन रहेको भन्दै परिवारले खोजिका लागि ईलाका प्रहरी कार्यालय बेलचौतारामा निवेदन दिएका थिए। निवेदन पश्चात कार्यालयबाट खटिएको प्रहरीको टोलीले खोजीकार्यकै क्रममा सोही नगरपालिकाको वडा नं ४ र ५ को सिमाना कबरस्थानस्थित पानी जमेको खोल्सामा मृत अवस्थामा ढुंगानालाई फेला पारेको थियो।
मृतक फेला परेको स्थान र शवको प्रकृति हेर्दा हत्याको आशंका लागेपछि प्रहरीले विशेष प्रहरीको टोली बनाई अनुसन्धान शुरु गरेको थियो। अनुसन्धानका क्रममा उल्लेखित व्यक्तिहरुको संग्लग्नता रहेको देखिएपछि टोलीले आइतबार बिहान शुक्लागण्डकी- १० ढोरफिर्दीबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत तनहुँबाट १२ दिन म्याद थपको अनुमति लिएर अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
सम्बन्धित खबर
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
सुन्तला रोप्दै गरेका रेग्मी घाइते बनेको घटनामा धरौटीमा छुटेका शाही पुनः पक्राउ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
दान बहादुर कार्की बने नेपाल प्रहरीको ३३ औं महानिरीक्षक
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला