नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयर र उपमेयर टुंगाएकाे छ । शनिबार बसेको सचिवालय बैठकले आसन्न स्थानीय तह निर्वाचनका लागि दीपक पौडेललाई मेयर उठाउने निर्णय गर्दा वर्तमान उपमेयर मञ्जुदेवी गुरुङलाई पुनः उपमेयर उठाउने निर्णय गरेको हो ।
उपमेयरको टिकट पाएकी मञ्जुदेवीले यो पटक उम्मेदवारीका लागि दावी नै पेश गरेकी थिइनन् । तर, अरु ११ दाबेदारलाई छाडेर एमालेले उनलाई टिकट दिएको छ ।
तर, नेतृ गुरुङले अनिइच्छा प्रस्तुत गरेकी छन् । उनले आफूले मैदान खाली गरेको भन्दै चुनाव लड्नेबारे नसोचेको बताइन् । ‘म मेयरमा पनि दाबी नगरेको मान्छे हो, मैले खोजेको पनि छैन । मैले फेरि लड्नेबारे सोचेको छैन,’ उनले भनिन्, ‘१२ जना आकांक्षीलाई मैदान खाली गरेर हिँडेको हो । उम्मेदवार बनाएको औपचारिक जानकारी आएको छैन । यस विषयमा पार्टी केन्द्रमा बुझ्छु ।’
एमाले पोखरा महानगर कमिटीले पार्टीभित्र आन्तरिक उम्मेदवारी माग्दा उनले इच्छा देखाएकी थिइनन् ।
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ