काठमाडौँ । नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनबीच जिल्ला तहमा भएको सिट बाँडफाँटप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको ठाउँमा आफ्नो पार्टीको पहिलो हक लाग्ने सहमति भएपनि सोही अनुसार जिल्ला तहको सिट बाँडफाँट नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।
नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर आज (शनिबार) काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भागवण्डाको जिल्ला तहको रिपोर्टले आफूहरुलाई उत्साही नबनाएको बताए।
उनले स्थानीय तह निर्वाचनमा मनोनयनकै बेला विद्रोही उम्मेदवार उठाएर आफ्नो पार्टीलाई हराउने षड्यन्त्र एमालेले गरिरहेको आरोप पनि लगाए। नेता नेपालले केन्द्र सरकार, प्रदेश सरकारबाट हटेको र राष्ट्रियसभा निर्वाचनबाट पछारिएको उल्लेख गर्दै एमालेलाई पहिलो शक्ति हुँ भन्ने दम्भ नपाल्न चेतावनी समेत दिए।
This will close in 3 seconds
सम्बन्धित खबर
आज ऋषिपञ्चमी पर्व, सप्तऋषिको पूजा गरी मनाइँदै
आजको मौसम पूर्वानुमान
असोज १५ सम्म जापानिज इन्सेफ्लाइटिसको जोखिम उच्च
निजामती सेवा दिवसमा पुरस्कृत हुने उत्कृष्ट कर्मचारी यी हुन्
संविधान दिवस, २०८१ विशेष रुपमा मनाइने
पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्ग सञ्चालनमा
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग