राप्रपाबाट पोखरामा मेयर शङ्कर खराल र उपमेयर रञ्जना सेन पौडेल

राप्रपाबाट पोखरामा मेयर शङ्कर खराल र उपमेयर रञ्जना सेन पौडेल

shankar_kharal

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पोखरा महानगरपालिकामा मेयर र उपमेयरको उम्मेदवारको टुङ्गो लगाएको छ ।

पोखराको मेयरको उम्मेदवार शङ्कर खराल र उपमेयरमा रञ्जना सेन पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

खराल विश्व हिन्दु महासङ्घका उपाध्यक्ष र गण्डकी प्रदेशका अध्यक्ष हुन् । खराल गएको फागुन ७ गते मात्रै राप्रपा प्रवेश गरेका थिए ।

२०७४ सालको निर्वाचनमा पोखरा महानगरपालिकामा राप्रपाबाट मेयरमा गीता गुरुङ उम्मेदवार थिइन् । उनले २ हजार २ सय ७२ मत ल्याएकी थिइन् ।

यस्तै, राप्रपाले काठमाडौँ र ललितपुर महानगरपालिका प्रमुखका उम्मेदवार टुङ्गो लगाएको छ ।

काठमाडौँ महानगर प्रमुखको उम्मेदवारमा वरिष्ठ कलाकर्मी मदनदास श्रेष्ठलाई र ललितपुर महानगरपालिका प्रमुखमा अष्ट महर्जनलाई मेयर उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds