अक्सिजन प्लान्ट विष्फोटः मृतकको परिचय खुल्यो

अक्सिजन प्लान्ट विष्फोटः मृतकको परिचय खुल्यो

bisfort (1)

काठमाडौँ । ललितपुरमा सगरमाथा अक्सिजन ग्यास प्लान्टमा विस्फोट हुँदा मृत्यु हुने एक जनाको परिचय खुलेको छ ।

ललितपुर महानगरपालिका–१५ मा रहेको औद्योगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन नेपाल प्रा.लि.मा बिहीबार बिहान १०ः५ बजे अक्सिजन सिलिण्डर भर्ने क्रममा ग्यास लिक भइ विस्फोट हुँदा ब्रिजमोहन महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । विस्फोटबाट मृतक महतोको शरीर क्षतविक्षत भएको थियो ।

यस्तै, विस्फोटमा परी घाइते भएकामध्ये एकजनाको अवस्था गम्भीर रहेको र उनको बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ । अन्य  घाइतेको पाटन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds