पोखराको मेयरमा एकीकृत समाजवादीबाट १३ जना सिफारिस

पोखराको मेयरमा एकीकृत समाजवादीबाट १३ जना सिफारिस

samajpadi-pokhara

नेकपा एकीकृत समाजवादीबाट पोखरा महानगरपालिकाको मेयरमा १३ जनाको नाम सिफारिस भएको छ । आइतबार बसेको एकीकृत समाजवादीको जिल्ला कमिटीको बैठकले मेयरको उम्मेदवारका लागि १३ र उपप्रमुखको उम्मेदवारका लागि ४ जनाको नाम सिफारिस गरेको सचिव होम नेपालीले जानकारी दिए ।

एकीकृत समाजवादीबाट जिल्ला अध्यक्षसमेत रहेका धनराज आचार्य, श्रीनाथ बराल, देवेन्द्र बास्तोला, दाताराम आचार्य, मदनकाजी श्रेष्ठ, विजय बाबु वनबासी, भीमा पौडेलगायतले नाम मेयरको उम्मेदवारका लागि सिफारिस भएको पार्टी स्रोतले जानकारी दिएको छ ।

‘आकांक्षी धेरै हुनुभयो । इच्छुक सबैको नाम उपल्लो कमिटीमा पठाइएको छ । अब अरु काम त्यहीँबाट हुन्छ,’ एक जिल्ला नेताले भने – ‘धेरैले नाम टिपाएपनि पार्टीले पोखरामा प्रमुख पायो भने पनि टिकट पाउनेमा धनराजकै अधिक सम्भावना छ । त्यसपछि, श्रीनाथ बरालको  सम्भावना छ ।’

त्यस्तै, महाननगरको उपप्रमुखको उम्मेदवारका लागि ४ जनाले नाम दिएका छन् । जसमा जिल्ला सचिव होम नेपाली, पूर्ण लामा, संगीता शर्मा र महेन्द्र गुरुङ रहेका छन् । ‘पोखराको मेयरमा हामीले पाउने चर्चा छ । तर, नपाए उपप्रमुख हाम्रो हुन्छ,’ सचिव नेपालीले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds