रूसद्वारा बेलायतका प्रधानमन्त्रीसहित उच्च अधिकारीमाथि प्रतिबन्ध

रूसद्वारा बेलायतका प्रधानमन्त्रीसहित उच्च अधिकारीमाथि प्रतिबन्ध

Boris Jonson Uk

काठमाडौँ । रुसले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनसहित उच्च अधिकारीलाई प्रतिबन्ध लगाएको छ ।

रुसले बेलायतका प्रधानमन्त्री, विदेशमन्त्री, रक्षामन्त्रीसहित १३ जना उच्च अधिकारीलाई रुस प्रवेशमा रोक लगाएको समाचार संस्था एएनआईले जनाएको छ । बेलायतले आफ्नो देश विरुद्ध विभिन्न गलत गतिविधि गरेको रुसको आरोप छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेको विषयमा बेलायतले विरोध गर्दै आइरहेको छ । बेलायतले युक्रेनलाई सहयोग समेत गर्दै आएको छ ।

आक्रमणको विरोधमा अमेरिका, बेलायतलगायत विश्वका धेरै देशले सामूहिक रूपमा रूसमाथि प्रतिबन्ध लगाएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ