झारफुक गर्ने क्रममा महिलाको मृत्यु, दुई झाँक्रीसहित सात जना पक्राउ

झारफुक गर्ने क्रममा महिलाको मृत्यु, दुई झाँक्रीसहित सात जना पक्राउ

kanchanpur-murder-case

कञ्चनपुर । कञ्चनपुरमा झारफुक गर्ने क्रममा एक महिलाको मृत्यु भएको छ ।

बेदकोट नगरपालिका–७ मुसेपानीमा झारफुक गर्ने क्रममा ४३ वर्षीया रन्जुला साउदको मृत्यु भएको हो।

महिलाको मृत्यु भएपछि प्रहरीले दुई जना धामी झाक्रीसहित सात जनालाई शनिबार पक्राउ गरेको छ।

धामीझाँक्रीको कुटपिटबाट महिलाको मृत्यु भएको भन्दै स्थानीय बासिन्दाले घर घेराउसमेत गरेका थिए।

धामीझाँक्रीको कुटपिटबाट महिलाको मृत्युमा संलग्न भएको आशंकामा प्रहरीले भीमदत्त नगरपालिका–७ का धामीझाक्री धर्मानन्द भट्ट, सोही नगरपालिकाको वडा नं १ बाराकुण्डाका नारायणदत्त भट्ट, मृतककी जेठानी कमला साउद र देवरसहित सात जनालाई पक्राउ गरेको छ ।

साउद एकल महिला हुन्। आर्थिक अभावका कारण अस्पताल लैजान पैसा अभाव भएपछि साउद धामीझाँक्रीको शरणमा पुगेकी थिइन्। उनका दुई छोरी रहेका छन्।

महिलाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । प्रहरीकाअनुसार स्थानीयले घटना हिजो साँझको भएको बताए पनि शव सडेको अवस्थामा भेटिएकाले धेरै कुरा अनुुसन्धानपछि मात्र थाहा हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds