आयात कम हुँदा राजस्वमा असर, चैत्रमा लक्ष अनुसार राजस्व उठेन

आयात कम हुँदा राजस्वमा असर, चैत्रमा लक्ष अनुसार राजस्व उठेन

Tax

काठमाण्डौ। नेपाल राष्ट्र बैंकले अत्यावश्यक बाहेका बस्तु आयातमा एलसी नखोल्ने निर्णय लिएपछि चैत महिनामा लक्ष्य अनुसार राजस्व संकलन हुन सकेको छैन।

चैत महिनामा विभागले ४६ अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ४० अर्ब ९ करोड रुपैयाँ मात्रै राजस्व संकलन भएको भन्सार विभागले जनाएको छ। अत्यावश्यक बाहेकका बस्तुमा एलसी खोल्न कडाई भएपछि आयात घटेको कारण सरकारी राजस्वमा कमी आएको हो।

यस्तै,आन्तरिक राजस्व विभागले पनि चैत मसान्तसम्म लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन । चैत मसान्तसम्ममा विभागले ३ खर्ब ७५ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ३ खर्ब ४२ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन भएको छ ।

राष्ट्र बैंकको निर्णयपछि आयात घटिरहेको, बैंक तथा वित्तीय संस्थाले निजी सवारीसाधन खरिदमा ऋण दिन कडाइ गरेको र घर जग्गामा जाने ऋण समेत घटेकोले लक्ष्य अनुसार राजस्व संकलन हुन नसकेको विभागले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds