काठमाडौँ । नेकपा (एमाले)का नेता भीम रावलले ‘सूर्य’ चिह्न बेचेको आरोप लगाएका छन्।
नेता रावलले बिहीबार ट्वीट गर्दै राप्रपा नेपाल र परिवार दललाई सूर्य चिह्नबाट चुनाव लड्न दिने एमाले नेतृत्वको निर्णयप्रति आपत्ति जनाउँदै उनले ठेकेदारी गरेको आरोप लगाएका हुन्।
‘विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिह्नमा लड्ने तर एमाले हुनु नपर्ने रे ! के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो र?’ उनले भनेका छन्, ‘यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र? दलीय प्रणाली र कम्युनिष्ट पार्टीको फजिती मात्र।’
बुधबार (हिजो) मात्रै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र थापाको उपस्थितिमा दुई दलबीच सूर्य चिन्ह लिएर प्रतिस्पर्धा गर्ने तर निर्वाचित जनप्रतिनिधि राप्रपाकै हुने सहमति गरेका थिए।
बुधबार नै नेपाल परिवार दलले पनि सूर्यबाटै स्थानीय तहमा प्रतिस्पर्धा गर्ने सहमति गरेका थिए।
सम्बन्धित खबर
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते