पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्थानीय तह, प्रदेश र संघ सरकारबीचको सम्बन्ध अझ मजबुत बनाउन सकेमा मुलुकको समृद्धि सम्भव रहेको बताएका छन् ।
नयाँ वर्ष विसं २०७९ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले कार्य सम्पादनका क्रममा भएका कमजोरीमाथि समीक्षा गर्दै प्रदेशको समृद्धिका लागि चाल्नुपर्ने कदमका बारेमा आम नागरिकको सुझाव र सल्लाहको अपेक्षा समेत प्रदेश सरकारले गरेको उल्लेख गरेका छन् ।
प्रभावकारी सेवा प्रवाह तथा सुशासन प्रदेश सरकारको पहिलो शर्त हो भन्दै मुख्यमन्त्री पोखरेलले संघीयताको अभ्याससँगै नागरिकका आवश्यकता र चाहना अनुसारका क्षेत्रमा काम गर्न हामी क्रियाशील रहेको बताए । उनले भनेका छन्, ‘प्रदेश सरकारले प्रष्ट सोच र योजनाका साथ आर्थिक समृद्धिको लागि प्रयत्न गर्दै आएको छ ।’
विसं २०७९ साल चुनावी वर्ष भएकाले निश्पक्ष निर्वाचनमा सहभागी भई मुलुकको समृद्धिका साथै प्रजातान्त्रिक प्रणालीको सुदृढीकरणका लागि योगदान पु¥याउनु उनले प्रदेशवासीमा अनुरोध गरेका छन् ।
नयाँ वर्ष २०७९ ले प्रदेशमा दिगो शान्ति, सुदृढ प्रादेशिक एकता र सामाजिक सद्भावसहित आर्थिक समृद्धिको लागि नयाँ जोश, जाँगर र उत्साह पैदा गर्न सकोस् भन्दै उनले शुभकामना व्यक्त गरेका छन् ।
सम्बन्धित खबर
राष्ट्रिय भलिबल कप्तान अरुणालाई हिसान कास्कीको सम्मान, प्रदेश प्रमुखबाट व्यक्तिगत ५ हजार प्रदान
कस्मिक एकेडेमीले बैदाम प्रहरी कर्मचारीलाई निःशुल्क कम्प्युटर तालिम प्रदान गर्ने
प्रतिभाकी दीपाली नेपाली निबन्ध लेखनमा प्रथम
स्याङ्जाका स्कूले पढ्दै, कुखुरापालनमा रमाउँदै
पोखरामा तीन सय ६७ युवा एमाले प्रवेश
पोखराको फिर्के पुलबाट बाइक खस्यो, तीन जना घाइते
यो पनि पढौँ
पोखराको फिर्के पुलबाट बाइक खस्यो, तीन जना घाइते
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
आज पनि तोलामा २६ सयले घट्यो नेपाली बजारमा सुन
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ