काठमाडौं। इन्डिगो एयरको उडानद्वारा काठमाडौंबाट भारतको राजधानी दिल्ली जान लागेका कन्हैयालाई प्रहरीले प्रतिबन्धित भारतीय रुपैयाँसहित पक्राउ गरेको छ।
लुकाई छिपाई लैजाने लागेको नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ ५ सय दरको २ सय १७ थान गरी जम्मा १ लाख ८ हजार ५ सय रूपैयाँ सहित भारतीय नागरिक ३२ वर्षीय कन्हैया लाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार दिल्ली जान लागेका कन्हैयालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उक्त प्रतिबन्धित भारतीय रुपैयाँ र नेपाली ६ लाख ५४ हजार रूपैयाँ सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
उनीमाथि आवश्यक अनुसन्धान तथा कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
हिरासतमा रहेका रविमाथि अदालतको चार पक्राउ पुर्जी
आजबाट शुल्क तिरेर धरहरा चढ्न पाइने
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्री ओलीका ९३ वर्षीय बुवालाई फोक्सो सम्बन्धी समस्या
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ