सूर्य चिन्हबाट चुनाव लड्न राप्रपा नेपाल र एमालेबीच पाँच बुँदे सहमति

सूर्य चिन्हबाट चुनाव लड्न राप्रपा नेपाल र एमालेबीच पाँच बुँदे सहमति

uml-rpp

काठमाडौँ । नेकपा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच वैशाख ३० गते हुने स्थानीय चुनावमा सहकार्य गर्ने भएको छ।

नेकपा एमालेको सूर्य चिह्न बाट चुनाव लड्ने गरी राप्रपा नेपालले एमालेसँग बुधबार सहमति गरेको हो ।

एमाले पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा दुई दलबीच चुनावी सहकार्य गर्न पाँच बुँदे सहमति भएको छ।

सहमति पत्रमा एमालेका तर्फबाट स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका तर्फबाट स्थानीय निकाय परिचालन विभाग प्रमुख सुशीलकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds