भारतमा आगलागीमा परेर १४ वर्षीय नेपाली बालकको मृत्यु

भारतमा आगलागीमा परेर १४ वर्षीय नेपाली बालकको मृत्यु

aagalagi

काठमाडौँ । भारतमा आगलागीमा परेर एक जना नेपाली बालकको मृत्यु भएको छ ।

मंगलबार हरियाणा हिसारमा रहेको राम चाट भण्डारमा आगलागी हुँदा अर्घाखाँचीका छत्रदेव गाउँपालिका– ३ का १४ वर्षीय भीमबहादुर कुमालको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

तीन महिना अघि मात्रै बुवालाई भेट्न भारत गएका उनले भारतमै काम गर्न थालेका थिए । भीमका बुवा हुबबहादुरले गाउँका अन्य पाँच जना पनि राम चाट भण्डारमा नै काम गर्ने बताएका छन् । आगो लागेपछि उनीहरुले भागेर ज्यान जोगाएका तर भीमबहादुर सुतेकाले उनको ज्यान गएको खबरमा उल्लेख छ ।

प्रहरीले भीमको पोस्टमार्टम गरी शव बुझाएको जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds