१ राउण्ड गोली सहित तनहुँकी २७ वर्षीया युवती विमानस्थलबाट पक्राउ

१ राउण्ड गोली सहित तनहुँकी २७ वर्षीया युवती विमानस्थलबाट पक्राउ

Arrest

सांकेतिक तस्बिर

काठमाडौं । त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट १ राउण्ड गोली सहित एक युवती पक्राउ परेकी छन्। पक्राउ पर्नेमा तनहुँ जिल्ला भानु नगरपालिका -७ निवासी २७ वर्षीया सोविता नेपाली रहेको प्रहरीले जनाएको छ।

आइतबार राति नेपाल एयरलाईनसको उडानद्वारा काठमाडौबाट जापानको नारिता जान लागेकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलामा उक्त गोली फेला पारी उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेकी उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds