काठमाडौँ । युक्रेनले राजधानी किभ पूर्ण रुपमा आफ्नो नियन्त्रणमा रहेको जनाएको छ ।
रुसी सेना फिर्ता हुन थालेपछि किभका सबै क्षेत्रमा आफ्नो पकड फिर्ता भएको युक्रेनको रक्षा मन्त्रालयले जनाएको हो ।
रुसी सेनाले किभ नजिकैको होस्टमेल विमानस्थल पनि छाडेका छन् । रुसी सेनाले होस्टमेल विमानस्थललाई केन्द्र बनाएर किभमा आक्रमण गरिरहेको थियो ।
टर्कीमा भएको वार्तामा सहमतिको आधार तयार हुँदै गएको भन्दै रुसले आफ्ना सेनालाई पछि हटाएको बताइएको छ । यद्यपि पश्चिमा देशहरुले भने रुस कमजोर भइसकेकाले पछि हट्न बाध्य भएको दाबी गरेका छन् ।
सम्बन्धित खबर
चिकित्सकले मृत घोषणा गरेका व्यक्ति चिताबाट ब्युँझिएपछि…
कांग्रेस–एमालेको सत्ता गठबन्धनलाई हाम्रो पार्टीको समर्थन छ: भाजपा नेता जोली
इजरायलले लेबनानमा गरेको आक्रमणमा परी २३ जनाको मृत्यु
पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट, १७ जनाको मृत्यु
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको चुनाव आज
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ